आइतबार ०७ आश्विन २०८०

ओलीवादको अन्त्य भएको भन्दै केपी ओलीकै गृहजिल्लामा दीप प्रज्ज्वलन
July 14, 2021 9
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
झापा । संसद विघटनविरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले परमादेश नै जारी गरिदिएपछि नेपालमा बदलिएको राजनीतिक परिघटनापछि स्वेच्छाचारी तरिकाले एकलौटी ढंगले कानूनको बर्खिलाप गर्दै एक पछि अर्को निरंकुश कदम चाल्न उद्दत निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा नेपाली कांग्रेसले दीप प्रज्ज्वलन गरेको छ ।

जिल्लाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका विभिन्न मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्दै ओलीवादको अन्त्य भएको भन्दै नाराबाजीसहित सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छ्न् ।

नेपाली जनताले लामो संघर्ष र बलिदानीबाट प्राप्त गरेको संविधानको रक्षाका निम्ति सर्वोच्चद्वारा रचनात्मक र उचित निर्णय लिइएको भन्दै युवा विद्यार्थीहरुले नाराबाजी गरेका थिए ।

झापाको गौरादहमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नेबिसंघका युवा नेता रबिन ढुंगानाले नेपाली जनताले कम्युनिष्टलाई नचाहेको अभिव्यक्ति दिएका थिए ।

कम्युनिस्ट सरकारले पाएको बहुमतको दुरुपयोग गर्दै निरंकुश कदम चालेकोले नेपाली जनता कम्युनिष्टप्रति वाक्क भएको उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्का नेता गोपाल कोइरालाले ओली सरकार नेपाली जनताले कम्युनिष्टहरुलाई दिएको दुइ तिहाइको घोर अपमान गर्दै अघि बढेको बताए ।

नेपाली कांग्रेस गौरादह नगर सभापति यादवराज सेढाईले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा मध्यरातमा संविधानको घोर अपमान गर्दै संसद विघटन गरी चिरहरण गरेको स्मरण गराउँदै सर्वोच्चको कदमले संविधानमा आत्मा भरिएको र संविधानलाई ट्र्याकमा ल्याउने काम भएकोले सर्वोच्चको कदमको स्वागत गरिएको बताए ।


Last Updated on: July 14th, 2021 at 3:57 pm
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया