
शक्ति प्रदर्शन गर्दै बालुवाटारबाट ओलीको बिदाइ,
July 14, 2021 10
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले बालुवाटार खाली गराएका हुन् । ओली सरकारबाट बाहिरिएर निजी निवास जाँदा पनि एमालेले शक्ति प्रदर्शन गरेको छ ।एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका थिए भने कार्यकर्तासमेतको स्कर्टिङ गरेर बालकोट लगिएको थियो । सो क्रममा ओलीको पक्षमा चर्का नाराबाजी गरिएको थियो ।ओलीले हिजो देशवासीको नाममा सम्बोधन गरेर सर्वोच्चको फैसलाप्रति चरम असन्तुष्टि व्यक्त गरेका थिए भने केही समय मात्रै बादल लागेको भन्दै छिट्टै सूर्य उदाउने अभिव्यक्ति दिएका थिए । यस्तै देउवालाई अदालतले प्रधानमन्त्री बनाइदिएको बारे विरोध गरेका उनी देउवाको शपथ ग्रहण समारोहमा पनि अनुपस्थित भएका थिए ।
आइ लप यु केपि बा, अघि बढ ओली बा, प्राण दिन तयार छौं, भन्दै नाराकासाथ बालुवाटारबाट निस्के
July 14, 2021 9
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् !उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो।
अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन्। हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरिरहेका छन्। उनीहरूले गाडीमा केपी ओलीको डमी पनि बोकेका छन्।
झन्डै ४१ महिनापछि बालुवाटारबाट बाहिरएका ओलीलाई कौशलटारमा नागरिक अभिनन्दन गरिने भक्तपुरका सांसद महेश बस्नेतले जानकारी दिए।
यो पनि:नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अर्को दिन बुधबार बिहान श्रेष्ठ र गौतम नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। बिहान सुरूमा श्रेष्ठ कोटेश्वर पुगेका थिए भने केही समयपछि गौतम पुगेका थिए।नेपालले दुबै जनासँग छुट्टाछुट्टै छलफल गरेका हुन्।