मंगलबार १२ मंसिर २०८०

काठमाडौं । बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्मकै सर्वाधिक संक्रमित पनि बुधबार थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् । २० हजार ७५६ पीसीआर र ६१३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

त्यस्तै नेपालमा यो हप्ता कोरोना संक्रमण फैलिने दर १२७ प्रतिशतले वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिइएको हो। ईपीडीमीओलोजी डा. अर्चना श्रेष्ठले अरु देशको तुलनामा नेपालमा कोरोना संक्रमणको वृद्धिदर अत्यन्तै धेरै रहेको बताइन्।

प्रदेशहरुमा पनि संक्रमण दर बढ्दै गएको डा. श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार लुम्बिनी प्रदेशमा यस्तो वृद्धिदर ३८४ प्रतिशत छ। ‘प्रति एकलाखमा १० जना संक्रमित देखिनुलाई असामान्य रुपमा लिइन्छ’ उनले भनिन्, तर नेपालका धेरै जिल्लाहरुमा यो भन्दा बढी दरमा संक्रमण फैलिरहेको छ।\


Last Updated on: May 6th, 2021 at 12:34 am
६३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया