
दुबई । यूएई सरकारले आफ्नो देशमा विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका ८५५ कैदीबन्दीलाई आममाफी दिएको छ।
यूएईका राष्ट्रपति सम्राट खालिफा बिन जायेद अल–नाह्यनले इद अल–अधा (बक्र इद) को अवसरमा ८५५ आममाफी दिएका हुन् । उनले ती कैदीबन्दीलाई इद अगावै थुनामुक्त गर्न आदेश दिएका छन्।
recommended by
Mgid
Mgid
RAID: SHADOW LEGENDS
New Epic Game For Men!
LEARN MORE
उनले थुनामुक्त भएका बन्दीहरुको आर्थिक दायित्व पनि माफी गर्न आदेश दिएका छन्।
उक्त कदम क्षमामाफी र सहिष्णुताको मूल्यमा आधारित मानवीय पहलको एक हिस्सा भएको बताइएको छ।
यूएई सरकारले ईद जस्ता विशेष अवसरहरुमा कैदीहरुलाई आफ्नो जीवनमा गल्ती सुधार्ने दोस्रो मौका दिँदै नयाँ जीवन जिउनको लागि हरेक वर्ष आममाफी दिने गरेको छ।