
मोरङ । मोरङमा नवजात शिशुको हत्या अभियोगमा आमासहित परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी थिइन् ।
तर उनले बच्चीलाई ब्ल्याङकेटले घाँटी थिची हत्या गरेको र उनका बुवाले संचालन गरेको रंगेली ५ स्थित चाँदनी चोकमा रहेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको अभियोगमा खुस्वुका श्रीमान २८ वर्षीय अरुण मण्डल, बुवा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीया उर्मिला मण्डल पक्राउ परेका हुन् । उनीहरूविरुद्ध कर्तब्य ज्यानको मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यस्तो अनौठो चलन, जहाँ विहेपछि रात बिताउन हरेक रात ससुराली जानैपर्छ !
विश्वमा बिभिन्न अनौठा परम्परा मान्ने मानिसहरु छन् । कुनै परम्परा यस्ता हुन्छन्, जुन विश्वास गर्न निकै कठिन हुन्छ । यस्तै अनौठो परम्परा चीनमा रहेको छ । उक्त अनौठो परम्परामा बिहेपछि पुरुष ससुराली गइरहन पर्छ ।
नान प्रान्तका मुसो आदिवासीमा रहेको यो परम्परामा विवाहपछि पति ससुराली गइरहनुपर्छ । किनकी बिहे गरिसकेपछि पति-पत्नी एकै घरमा बस्दैनन् । विवाहपछि महिलाहरू आफ्नो पतिको घर जाँदैनन् । पति र पत्नि आआफ्नै घरमा बस्ने गर्छन् ।
बिहेपछि पतिहरू आफ्नै पत्नीसँग बस्न वा रात बिताउन हरेक रात ससुराली जाने गर्छन् । यस परम्परामा पति पत्निबीच चित्त नबुझेमा सम्बन्ध तोड्ने छुट पनि हुन्छ । बच्च जन्मिएपछि हुर्काउने र लालनपालन गर्ने जिम्मेवारी पनि महिलाके हुने गर्छ । एजेन्सी