सोमबार ११ साउन २०७८

गत हप्ता पूजा र आकाशको जोडीको सम्बन्ध बिग्रेको खबरले नेपाली मिडिया खुबै गर्माए । आकाशले प्रकाश सुवेदीसँग मिलेको भन्दै पुजाले एक अन्र्तवर्तामा चित्त दुखाइ गरेपछि यि दुई फुटेको पक्का भन्ने भयो ।

उनले आकाशसँग व्यवसायिक सम्बन्ध मात्र स्थापित भएको रहेछ भन्दै राष्ट्रिय मिडियामा अन्तर्वार्ता समेत दिइन् । उनले आकाशसँग सहकार्य हुने सम्भावना नरहेको पनि बताएकी थिइन् । तर अहिले पूजा र आकाशको झगडा केही दिनमै साम्य भएको बताइएको छ । अ ाकाशले आफू प्रकाश सुवेदीसँग नमिलेको भन्दै पूजालाई सम्झाएपछि उनीहरुबीच मिलन भएको बताइएको छ ।

झगडा मिलेपछि यो जोडीले संगीतकार अर्जुन पोखरेलको एक गीतमा अभिनय गरिसकेको छ । चाँडै अरु गीतमा पनि अभिनय गर्ने तयारीमा उनीहरु रहेका छन् । हालै एक अन्तर्वार्तामा आकाशले पूजासँग सम्बन्ध नविग्रिएको दाबी गरे । मिडियामा कसरी बोलचाल बन्द भएको कुरा आयो भन्ने आफुलाई थाहा नभएको उनले बताए ।

केही दिनअघि हामी भेटेको तस्विर पनि बाहिर आएको थियो । एकसाथ काम पनि गरिरहेका छौं । बाहिरको कुरा सब हल्ला मात्र भएको र यसले आफुलाई असर नर्गने आकाशले बताए । उनले आफू ‘रजतपट’ टिमसँग मिलेर राहत वितरणमा सहभागी नभएको र आफ्नै एउटा टिमसँग बाल आश्रमका बालबालिकालाई खाना खुवाउन र सहयोग गर्न गएको बेला त्यहाँ

‘रजतपट’ टिमले पनि सहयोग गर्ने कुरा रहेछ । सहयोग गर्ने क्रममा एकसाथ भएकाले ‘रजतपट’ टिमसँग मिलेको भन्ने देखिएको भए पनि आफु आफ्नै टिमसँग गएको आकाशले बताए ।


Last Updated on: July 15th, 2021 at 12:29 am
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया