
बलिउडकी चर्चित अभिनेत्री हुन् ज्याकलिन फर्नाडिस । लकडाउनका कारण पछिल्लो समय अभिनेत्री ज्याकलिन घरमै छिन् । यसैक्रममा उनी नयाँ फिल्ममा पनि देखिएकी छन् ।पछिल्लो समय उनी ‘मिसेस सिरियल किलर’मा देखिएकी हुन् । उनी यस फिल्ममा नयाँ लुक्समा देख्न सकिनेछ । उनी देखिने फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छ ।
उनले गतबर्ष नै ट्रेलर शेयर गर्दै आफ्नो अभिनय रहने जानकारी गराएकी छिन् । भारतिय मिडियाका अनुसार यस फिल्ममा उनी र मनोज बाजपेयी श्रीमान् र श्रीमतीको भूमिकामा देखिने बताइएको छ यस फिल्मलाई शिरिष कुन्दरले निर्देशन गरेका छन् । भने निर्माण फराह खानको रहेको छ ।
ज्याकलिन जति धमाल ठूलो पर्दामा निभाउँछिन्, त्यति नै धमाल सामाजिक सञ्जालमा पनि मच्चाउँछिन् । एकपटक फेरि उनका तस्वीरमा फ्यानले माया दर्शाएका छन् । सामाजिक सञ्जालमा उनका तस्वीर फ्यानले भाइरल गरिदिएका छन् ।उनले केहि अनाैठा पोज दिएकी छन् जहाँ उनी निकै हट समेत देखिएकी छन् । उनले शेयर गरेका यी तस्वीर केहि समयदेखि भाइरल बनेका छन् ।