बुधबार १३ साउन २०७८

काठमाडौ । बारामा विवाह गर्न गर्न गएका बेहुला र उनका बुवा समेत पक्राउ परेका छन् । प्रहरीले बेहुलीका बुवालाई पनि पक्राउ गरेको छ । पक्राउ परेका बेहुला सहित तीन जनालाई नै प्रहरीले सार्वजनिक पनि गरेको छ । एक जना उमेर नपुगेकी बालिकाको विवाह २४ वर्षका युवकसंग गराए पछि उनीहरु पक्राउ परेका हुन् ।

बालिग नभएकी १७ वर्षकी एक बालिकालाई २४ वर्षका पुरुषसँग विवाह गराउने बेहुला र बेहुलीका बुवाहरु सहित बेहुला पनि पक्राउगरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ का महेश सहनी र पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ बस्ने ठग सहनीले आपसी सहमति गरेर २४ वर्षका विशाल सहनीको बिहे १७ वर्षकी बालिकासँग गराएका थिए । विवाह गएको असार १९ गते भएको थियो । उनीहरुलाई भुटनदेवी मन्दिरमा बिहे गराएको सूचना पाएपछि प्रहरीले तीनै जना खोजी गरिरहेकोमा वुधवार पक्राउ गर्न सफल भएको जनाएको छ ।

उमेर नपुगी गरिने विवाह स्वतः रद्द हुने भएकाले बेहुलीलाई बेहुलाको घरबाट उद्धार गरी परिवारजनको जिम्मा लगाइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा अझै पनि २० वर्ष उमेर पूरा नभएका युवायुवतीको वालविवाह गर्ने तथा अभिभावकले गराउने गरेको भन्ने जानकारी आइरहेकाले यस सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरी नायब उपरीक्षक खनालले बताए।

 


Last Updated on: July 15th, 2021 at 11:51 am
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया