
काठमाडौ / अवैध रुपमा अमेरिका प्रवेश गर्न लागेका नेपाली सवार डुंगा दुर्घ’टना हुँदा नेपाली ह’राएको घट’नामा संलग्न एजेन्टकी श्रीमती दाङवाट प’क्राउ परेकी छन् ।
क्यारेबियन सागरमा डुंगा दुर्घ’टना हुँदा सात नेपाली युवा समुन्द्रमा बे प त्ता भएका छन् । उनीहरु अ वै ध वाटोवाट अमेरिका प्रवेश गर्न लाग्दा यस्तो घ’टना भएको बताइएको छ । दु’र्घटना असार ५ गते नै भएको अन्तराष्ट्रिय सचार माध्यमले जनाएका छन् ।
सो घ’टनामा संलग्न एजेन्टकी श्रीमतीलाई प्र’हरीले प’क्राउ गरेको छ । श्रीमान भने युक्रेनमा रहेकाले इ’न्टरपोल मार्फत उनलाई पनि प’क्राउ गर्न प्रहरीले काम थालेको छ ।
डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए। जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, सात नेपाली भने समुन्द्रमा बे’पत्ता भएका छन्।
अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जाँदै गर्दा डुंगा दु’र्घटना भएको हो। उक्त डुंगामा सवार ८ नेपालीमा दाङका एन्जल बुढामगर, दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वत ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन्। तीमध्ये उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उप’चार गराएर फर्किइसकेका छन्।
स्रोतका अनुसार ८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट अमेरिकाका लागि लगेका थिए । उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अ’वैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको खुलेको छ ।
गै’रकानूनी रुपमा अमेरिका पठाउँदै आएका घोराहीका एजेन्ट टोपबहादुर जिसीकी श्रीमतीलाई प्रहरीले प’क्राउ गरेको हो । जिसिकी श्रीमती गोमा शर्मा जिसिलाई घोराही १४ मिलनचोकबाट प’क्राउ गरेको हो ।
यसरी अ’वैध बाटो हुँदै अमेरिका जान खोज्नेमा जनप्रतितिनिधिकै परिवार समेत परेका छन् । घोराही उपमहानगरपालिका ९१२ का वडाध्यक्ष राजेन्द्र बुढामगरका २१ वर्षीय छोरा एन्जल बुढामगर चो’र बाटोबाट अमेरिका जाने क्रममा कोलम्बियाको क्यारेबियन सागरमा असार ७ गते डुंगा दु’र्घटना हुँदा बे’पत्ता छन्।
घोराहीका एजेन्ट टोपबहादुर जिसीले अमेरिकाकाे सपना देखाएपछि उनकै माध्यमबाट आफ्नो जेठो छोरा एन्जल गत चैत महिनाको ९ गतेतिर घरबाट हिँडेको वडाध्यक्ष बुढाले जानकारी दिए।
आफूले अबैध तरिकाबाट नजान भने पनि स्थानीय मेनपावर एजेन्टले देखाएको अमेरिका सपनाका कारण छोरा अमेरिका जान लालायित बनेको उनले बताए। – ईताजा खबर बा’ट ।