आइतबार १४ जेठ २०८०

काठमाडौँ, २२ वैशाख । नेकपा एमालेका युवा नेता तथा व्यवसायी ध्रुव अधिकारीले प्रतिनिधिसभाको समानुपातीक सांसद रामकुमारी झाँक्रीमाथि कडा आक्रोस जनाउनुभएको छ ।

माधव नेपाल समूहकी नेतृ झाँक्रले एमालेले टिका लगाई दिएर सांसद पद पाएको स्मरण गराउँदै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री विरुद्ध लान्छनायुक्त गैरजिम्मेवारी अभिव्यक्ति दिनु एमालेका नेता, कार्यकर्ता तथा सुभचिन्तकको लागि मात्र नभई आम नेपाली जनताकोविरुद्धमा भएको भन्दै आक्रोस जनाउनुभएको हो ।

झाँक्रीले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुएको छ, ‘हामी त डुब्छौ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड । हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों ।’

सोही प्रशंगलाई लक्षीत गर्दै नेता अधिकारीले हामीसँगको कुराकानी झाँक्रीको हैसियत कुनै एक गाउँको वडा सदस्य जित्नेसम्म नभएको बताउनुभयो । नेतृ झाँक्रलाई आफ्नो हैसियत अनुसारको कुरा गर्न चेतावनी समेत दिनुभयो । आफ्नो राजनीतिक जीवनमा एकपटक पनि निर्वाचन नलडी समानुपातिक कोटाबाट टिके सांसद बन्नूभएको स्मरण गराउदै नेता अधिकारीले पार्टीले टिकट दिएको खण्डमा झाँक्रीलाई देशको जुनसुकै ठाउँबाट भिडे पनि आफु हराउन सक्षम रहेको समेत दावी गर्नुभयो ।

आगामी दिनमा राजनीति गर्ने भन्दा पनि कृषि खेती तथा सानो लगानीमा व्यापार व्यवसाय गर्ने समेत उहाँले झाँक्रीलाई सुझाव दिनुभयो । झाँक्रीको राजनीतिक भविष्य समेत अन्धकार रहेको उल्लेख गर्दै युवा नेता अधिकारीले जनताबाट तिरस्कृत भई राजनीति गर्नुको कुनै औचित्य नहुने समेत बताउनुभयो ।

जनताबाट घृणाको पात्र बनी आन्दोलनको क्रममा टाउको फुटाएको फोटो सार्वजनिक गरेकै भरमा अबका दिनमा नेता हुन नसक्ने भन्दै नेता अधिकारीले देश र जनताको हितमा काम गर्न नसक्ने र आफ्नो पार्टी तथा नेतृत्वलाई खुइल्याएर राजनीतिक भविष्य तथा सांसद, मन्त्री बन्ने सपना नदेख्न समेत चेतावनी दिनुभयो ।

पाटन अस्पतालमा गई मानसिक उपचार गराउन सुझाव
धादिङ क्षेत्र नं. २ का युवा नेता अधिकारीले झाँक्रीको मानसिक अवस्थाको बारेमा समेत गंभिर प्रश्न चिन्ह खडा गर्नुभएको छ । उहाँले मानसिक अस्पताल पाटनमा गएर स्वास्थ्य उपचार गर्न समेत सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वलाई खुइल्याउने यस्तै गतिविधि गरिरहने हो भने एमालेका कार्यकर्ता, शुभचिन्तक मात्र हैन,

आम नेपाली जनताले देशभरबाट झाँक्रीलाई लखेट्छन् । झाँक्रीको मानसिक अवस्थामा नै समस्या पैदा भएको हुन सक्छ । यदी त्यस्तो नै हो भने पाटन अस्पताल भर्ना भएर उपचार गरे हुन्छ । त्यसको लागि के कति सहयोग गर्नुपर्छ, त्यो गर्न हामी तयार छौं । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई खुइल्याएको सहन सक्दैनौं ।’


Last Updated on: May 6th, 2021 at 12:46 am
४४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया