बुधबार ०३ कार्तिक २०७८

आँखाभरि आँसु लिँदै भनिन्: निउरो पनि बिकेन् घरमा खानेकुरा केहि छैन् सबै परिवार भोकै छम
May 11, 2021 247
33
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
हेटौडा / कोरोना विश्वभर फैलिएको छ, तर पीडा उसलाई छ जो दिनभरि मजदुर गरी खाने परिवारलाई। नत बैंकमा खाता छ, नत खातामा पैसा नै जे छ त्यो हो दिनभरिको काम अनि साझ माम। हुनत संसारभरि नै फैलिएको कोरोना भाइरस कुनै मानिसले गरेको काम हैन तर पनि गरिबीको रुखमुनि बसेका हरुलाई त यतिबेला न म*र्न न बाँच्न भएको छ।

कतिले त आ*त्महत्या पनि गरिसकेका छन्। अहिलेको यो महा*मारीले सबैलाई दुखी बनाएको छ तर पनि नीबेक गरी खाने परिवारलाई त झनै पीडा दिएको छ यो कोरोनाले। नेपाल सरकारले अति विपन्न परिवारलाई राहत पनि वितरण गरेको थियो। तर पनि कतिदिन सम्म पाल्छ र सरकारले?

एउटा यस्तै गरिबी परिवारकी एक महिला आमाको आँखामा आँसु आउँदा मन थाम्न सकेनन् प्रहरी बलका एक कर्मचारीले। हेटौडामा डिउटीमा रहेका प्रहरीको काम थियो खाद्यान्न बाहेकको पसल बन्द गराउने तर बाटोमा जाँदै गर्दा एउटी महिलाले सुपोमा निउरो बेच्दै गरेको देखेपछि उनलाई यहाँबाट हट्नुस भन्दा आँखाभरि आँसु लिँदै भनिन् अरु ठाउँमा बिक्दैन सर, यहाँ अलि अलि मान्छे आउँदा रहेछन्, यो नीउरो बिक्यो भने साझ घरमा चामल किनेर लानुपर्छ।

हिजो दिनभरि सबै परिवार जंगलमा गएर खोजेर ल्याएको हो सर, घर पनि टाढा छ, यहाँबाट डेड घण्टा लाग्छ घर जान। यो आज बिकेन भने घरमा सबै भोकै हुन्छन्।यति भनेपछि डिउटीमा खटिनु भएका प्रहरीको आवाज नै बन्द भो, उहाँ स्तब्ध हुनुभो के गर्ने डिउटीमा खटिएका प्रहरीले उहाँले त्यी महिलालाई त्यहाँबाट हटाउन सक्नु भएन।

बिचरा त्यी महिलाको अनुहारमा निकै दुःखको आँसु आइरहेको थियो। यस्तो हाल भएको छ यहाँ हाम्रा नेपालीहरूको। सरकार कोरोना रोकथाम भन्दै बसेको छ। अनि ठूला बडालाई कुनै फरक परेको छैन, तर बिचरा यी महिलालाई कति पीडा परेको होला। त्यस्ता दुःख पाएका कति होलान् यहाँ अहिले समयमा। कोही छैन आज दुःखको सहारा।


Last Updated on: July 16th, 2021 at 11:25 am
१६७० पटक हेरिएको

तपाईको प्रतिक्रिया