शनिबार ०६ कार्तिक २०७८

जवानी हुँदा सम्म ठिकै थियो, अपाङ्ग भएपछि दश बर्ष देखी एउटा कोठा बन्दी बनाएर श्रीमान बेपत्ता
May 11, 2021 266
43
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
खोटागंकी सम्झना पुन । उनले २०६८ सालमा गाउँमा घाँस काट्न जाँदा रुख ढ’लेर मेरुदण्डमा लाग्यो । काठमाडौंको वि एण्ड वि अस्पतालमा उपचार गराइन् । तीन वर्ष अघि सम्म उनी हलचल गर्न पनि सक्दिनथिन् । अहिले शरिर चलाउन भने मिल्छ तर मेरुदण्ड भन्दा तलको भाग भने चल्दैन । उनी अहिले ह्वीलचेयरको माध्यममा जिवन चलाइरहेकी छन् ।

घाँस काट्न जाँदा रुखको हाँगा झरेर मेरुदण्डमा लागेको उनले बताइन् । त्यती बेला उनी १९ वर्षकी थिइन् । विवाह भएर एउटा सन्तान पनि जन्मिएको थियो । खोटागंमा त्यस्तो भएपछि उनलाई माइतीको आमाले छोरीलाई उपचारको लागि काठमाडौं लिएर आइन् । सुरुमा शिक्षण अस्पतालमा उपचार गराउँदा सम्भव नभएपछि उनलाई विएण्डवी अस्पताल पठाइयो । लामो उपचार गर्दा झण्डै २२ लाख खर्च लागेको बताइन् ।

आफुलाई त्यस्तो हुँदा श्रीमान मलेसियामा थिए । दुर्घटना हुँदा मलेसियामा भएका श्रीमान अहिले झन टाढीएका छन् । दुर्घटना भएपछि श्रीमानले चटक्कै छोडिदिए । दुर्घटना हुनुअघि सम्म राम्रै सम्बन्ध भएका श्रीमानले दुर्घटना पछि एक महिना सम्म पाँच, दश हजार रुपैया पठाउँथे त्यसपछि उनी सम्पर्क विहिन भए । अहिले ६८ साल देखि यता श्रीमानलाई देखेकी पनि छैनन् ।

शौचालय समेत जान अप्ठेरो पर्ने बेलामा श्रीमानले पनि साथ छोडिदिएपछि अहिले उनको बिचल्ली भएको छ । श्रीमानले मात्र होइन त्यो दुर्घटना पछि श्रीमानको परिवारसंग पनि सम्पर्क नभएको र कसैले सहयोग नगरेको बताएकी छन् । दुर्घटना हुँदा जन्मिसकेको थिए एक सन्तान उनले नै अलिअलि सहयोग गर्ने गरेका छन् ।

छोराको कति रहर होला, त्यो पुरा गर्न सक्दिन उनले रुँदै भनिन्, मेरो औषधि खर्चमा ठूलो रकम खर्च हुन्छ, त्यसैले श्रीमानले पनि छोडे परिवारका सदस्यले पनि हेर्दैनन् । कहिले खानै नपुग्ने अवस्था आउँदा माइतीको आमाबुवाले खानेकुरा ल्याइदिने गरेको बताइन् । त्यसरी वेवास्ता गर्ने श्रीमानले उनलाई आफुलाई नहेरे पनि छोरालाई हेरिदिन आग्रह गरिन् । मैले त केही गर्न सक्दिन, मेरो माया नलागेपछि छोरालाई हेरिदिए हुन्थ्यो, उनले भनिन् ।


Last Updated on: July 16th, 2021 at 11:28 am
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया