आइतबार १७ मंसिर २०८०

काठमाडौं। छोरीको विवाहमा झण्डै ८ अर्व खर्च गरेर विश्वभर चिनिएका ब्यापारी फेरी अर्को कारणले विश्वभर चर्चित भएका छन् । यस पटक भने उनी टाट पल्टने सबैभन्दा ठूला ब्यापारीका नामले चर्चित भएका छन् । केही वर्ष अघि उनले आफ्नो छोरीको विवाहमा झण्डै ८ अर्व रुपैया खर्च गरेका छन् ।

बेलायतमा रहेर व्यवसाय गर्ने भारतीय व्यापारी प्रमोद मित्तलको यस्तो अवस्था आएको हो । उनी अब बेलायतकै सबैभन्दा ठूला टाट पल्टिने व्यापारी बन्ने भएका छन् । बेलायटका स्टिल टाइकून व्यापारी लक्षी मित्तलका भाइ प्रमोद मित्तलमाथि २।५ बिलियन पाउण्ड (३ अर्ब ८७ खर्ब नेपाली रुपैयाँ) बराबर ऋण रहेको खुलेको छ ।

उनी अहिले बेलायतमा टाट पल्टीने सबैभन्दा ठूलो ब्यापारी भनेर उल्लेख गरिएको छ । उनले आफ्नी छोरीको बिहेमा ५० मिलियन पाउण्ड अर्थात झण्डै ८ अर्ब नेपाली रुपैयाँ खर्च गरेका थिए ।

बेलायतको द टाइम म्यागजिनलाई उद्धृत गर्दै बिजनेस टुडेले लेखेअनुसार प्रमोद मित्तलले अहिले आफूसँग कुनै आय नभएको बताएका छन् । उनका अनुसार उनीसँग अहिले सम्पत्तिको नाममा १ लाख १० हजार पाउण्ड बराबरका सामानहरु छन् । उनको नाममा ४५ पाउण्ड मूल्यको मात्र सम्पत्ति छ जुन भारतको दिल्ली नजिकै छ ।

उनका अनुसार उनले आफ्ना ९४ वर्षका पितासँग १७० मिलियन पाउण्ड, श्रीमती संगीतासँग १।१ मिलियन पाउण्ड, आफ्ना ३० वर्षीय छोरासँग २।४ मिलियन पाउण्ड र आफ्ना बहिनी ज्वाइँ अमित लोहियासँग १।१ मिलियन पाउण्ड ऋण लिएका छन् जुन तिर्न बाँकी छ ।

उनले बोस्नियाको कोक निर्माता कम्पनी गिकिलको लागि ऋण लिने क्रममा ग्यारेन्टी बसेका कारण यस्तो अवस्था आएको हो । १४ वर्ष अघि उनी सो कम्पनीका लागि ग्यारेन्टी बसेका थिए । तर सो कम्पनीले ऋण तिर्न नसकेपछि मित्तलका अप्ठेरो दिन सुरु भएको हो । उनको कम्पनी ग्लोबल स्टिल होल्डिङसले गिकिलको लागि ग्यारेन्टी बसिदिएको थियो । पछि गिकिल नै टाट पल्टिएका कारण मित्तलको पनि सम्पत्ती सकिएको हो ।


Last Updated on: May 6th, 2021 at 12:49 am
५०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया