सोमबार ११ साउन २०७८

अकला देवी मन्दिर जहाँ आफै शं’खघण्ट बज्छ, दर्शन गर्नुहोस तपाइको मनोकामना पुरा हुन्छ
July 14, 2021 8
नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकला देवीमा रहेको मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ । मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा परापुर्ब देखिनै स्थानीय आदिबासी मगर जातिहरुले कुलायन देवीको रुपमा पुजा गर्दै पछी सबै जातजातिले अकलादेवीको नामले पूजा गर्दै आएको छ ।
दैबिशक्ति : मन्दिरमा भएको बिशाल शिला पुन निर्माणको चरणमा जग राख्ने बेला शिला लगभग १० फिट तल खन्दा पनि शिला नह्ल्लनु ,शिलामा ३३

कोटी देवताको आकार हुनु , अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्ने , दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिने, बाह्रै महिना कटहर फल्ने , अकला मन्दिर नजिकै रहेको अर्धनारेश्वर रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्ने ,सिलामा धेरै रुपहरु देखिने

सस्कृत शब्दमा किल भनेको शिव र चोक भनेको आगन अर्थात किलचोक भनेको शिवजीको आगन हो भन्ने किम्बदन्ती हुनु ,दक्षिण पट्टि बतासन ऋषिले

तपस्या गरेको गुफा र घमाईलो दृश्य हुनु उत्तरी भेग कहिल्यै घाम नलाग्नु,गर्मि नहुनु जसले गर्दा पिकनिक स्थल बन्न सक्ने सम्भाबना हुनु , श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु ,एकै जनाले तिन वर्ष सम्म सहस्र चण्डी पाठ गराउनु ,जस्ता किम्बदन्ती र यथार्थ हुनु आदि लाई दैवीशक्ति भएको जनविश्वास छ


Last Updated on: July 16th, 2021 at 11:38 am
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया