बिहिबार १४ साउन २०७८

रूपा सुनारको मुद्धामा सर्वोच्च अदालतले दियो यस्तो अन्तरिम आदेश
July 16, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
काठमाडौं । रूपा सुनारले पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरूद्ध प्रहरीमा दिएको जातीय भेदभाव विरूद्धको जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारले दिएको रिटमा सुनुवाई गर्दै ६ बुँदे आदेश जारी गरेको छ। सर्वोच्चले पूर्वमन्त्री श्रेष्ठले जातीय भेदभाव विरूद्धको अनुसन्धान प्रभावित पारेको देखिएको भन्दै यस्तो आदेश जारी गरेको हो।

‘निवेदिकाले सरस्वती श्रेष्ठविरूद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र उनी हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी श्रेष्ठ उपस्थित भइ हिरासतबाट निजलाई मन्त्रीको सवारी साधनमा लगी गएको भन्ने मिसिलबाट देखिएको,’ आदेशमा भनिएको छ, ‘र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले कृष्णगोपाल श्रेष्ठ विरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू गराउनू।’

सुनारको रिटमा सुनुवाइ गर्दै मुद्दाको अनुसन्धानलाई प्रभावित बनाउन वा अन्य कुनै किसिमले जातजाति वा समुदायबीचको सामाजिक सुसम्बन्ध खलल पार्ने किसिमका समाचार, सूचना श्रव्यदृष्य प्रकाशन र प्रशारण नगर्न पनि आमसञ्चारमाध्यामलाई ध्यानाकर्षण गराइएको छ।

‘निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरतालाई हेर्दा मुद्दाको अनुसन्धानलाई प्रभावित बनाउने वा अन्य कुनैपनि किसिमले विभिन्न जात जाति वा समुदायबीचको सामाजिक सुसम्बन्ध खलल पार्ने वा सामाजिक सदभाव भड्किने वा पारस्परिक सहिष्णुतामा प्रतिकूल असर पर्ने कुनैपनि समाचार वा सूचना वा श्रव्यदृष्ण वा पाठ्य सामाग्री उत्पादन, प्रचार, प्रसार वा प्रकाशसन र प्रसारण नगर्नू नगराउनू भनी आम सञ्चार जगतको ध्यानाकर्षण गराइएको छ।


Last Updated on: July 16th, 2021 at 6:40 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया