
काठमाडौँ – मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु ।
मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ।काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ ।
recommended by
Mgid
Mgid
TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Method Tonight!
LEARN MORE
पढाईतिर ब्यस्त भएकाले मैले चासो पनि दिइन उताबाट पनि कुनै प्रतिक्रिया आएन ।एक वर्षपछि एक्कासी फोन आयो, दुबईको सेको कम्पनीबाट होटल वेट्रेसको डिमान्ड आएको रहेछ । जानका लागि कत्ति पनि खर्च नलाग्ने र खान बस्न पनि पाइने रहेछ । मैले वेट्रेसमा जान्न भनें । म्यानपावरका मोहित थापाले अफिसमा नै बोलाउनुभयो ।उहाँले मलाई सबै कुरा बताउनुभयो । त्यहाँको पुरै भिजुअल पनि देखाउनुभयो ।
त्यहाँ रक्सी खान नपाइने रहेछ, केटी मान्छेलाई सुरक्षित पनि रहेछ । मेरो आर्थिक अवस्था पनि निकै कमजोर भइसकेको थियो । यसो सोच्दा ठिकै जस्तो लाग्यो । मैले खर्च कति लाग्छ भनेर सोधें ।उहाँले पैसा लिँदैनौं भन्नुभयो । म त्यतिबेला बिबिएस तेस्रो वर्षको परीक्षा दिएर बसेकी थिएँ ।आर्थिक अवस्था कमजोर भएकाले मैले विदेश नै जाने निर्णय गरिसकेको थिएँ ।
बरु त्यहाँ गइसकेपछि कसरी सुरक्षित हुन सक्छु भन्ने मात्रै सोचें ।मेरो सुरक्षाका लागि म्यानपावर र काम दिने कम्पनीले के के गर्छ भन्ने पनि बुँझे । हामी ८ जना सँगै गएका थियौं । मैले कम्पनीलाई जम्मा १० हजार दिएको थिएँ । मसँगै जाने अरु साथीहरुसँग भने कम्पनीले ८०/९० हजारसम्म लिएको रहेछ ।
मैले धेरै कुरा बुझ्न खोजेको शैक्षिक योग्यता पनि राम्रो भएकाले मसँग पैसा नलिएको थाहा पाएँ ।त्यहाँ गइसकेपछि हाम्रो काम र तलबमा फरक भने परेन । ८ घण्टा काम र १२ सय दिराम तलब दिने भनिएको थियो । गएको तीन दिनमा मलाई सुपरभाइजरले बैंकेट हलमा लिएर जानुभयो ।त्यहाँ सर्भिस गर्ने क्रममा गेस्टहरु निस्किसक्नुभएको थियो, दुई/तीनजना मात्रै हुनुहुन्थ्यो ।
त्यो समय रमादानको थियो । दुबईको प्रेसिडेन्टले रमादानको शुभकामना दिएको दृश्यहरु टेलिभिजनमा देखाइएको थियो । मैले त्यतिबेला झलक्क आफ्नो देश सम्झिएँ । टिभी हेर्न पाउँदिन भन्ने मलाई थाहा थिएन । त्यतिबेला एक जना महिलाले मलाई हातले इसारा गर्नुभयो । तर मैले उहाँको इसारा बुझिन र बाहिर निस्किएँ । तर उहाँले सेक्युरिटी मेनेजर समक्ष मेरो बारेमा कम्प्लेन गर्नुभएछ ।