बुधबार ०३ कार्तिक २०७८

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक १५ बर्षिय किशोरीसँग अधवैँसे पुरुषलाई बिहे गर्न थालेपछि किशोरी बेहोस भइन् ।

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियास्थित १५ बर्षिय किशोरीसँग ५० बर्षे अधबैंशे पुरुषसँग विवाह गर्न थालेपछि किशोरी बेहोस भएको आफन्तजनले नै जनाएको हो ।

यसअघि ५० बर्षिय बेहुला गँगा प्रसाद साहलाई किशोरीलाई घरदेखि गरिएकै बेला बेहुला आफूलाई पसँद नहरेको प्रतिक्रिया दिएकी थिइन् । बेहुलाले आफ्नो घर जनकपुरमै रहेको भनेपछि आफन्तजनले लोभ लालचमा आएर उनको बिहे तय गरिदिएको थियो ।

त्यतिबेलासम्म समेत किशोरीले गँगा प्रसादसँग बिहे नगर्ने अडानमा रहेकी किशोरीलाई आफन्तजनले बलपूर्वक जबरदस्ती बिहे गर्न लागेपछि किशोरी बिहेकै बेला बेहोस भएको जनाइएको छ ।

जनकपुरकै कलबार कुट्टिमा किशोरीसँग गँगा प्रसादलाई फलदान गरिएको बताइएको छ । फलदानको बेला पनि किशोरीले उनीसँग बिहे नगर्ने अडानमा रहँदै आएको भएपनि परिवारजनले धामधम्की दिएर विहे गर्न बाध्य पारेको बताइएको छ ।


Last Updated on: July 17th, 2021 at 12:40 am
१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया