मंगलबार १२ मंसिर २०८०

सान्ता थापा घर गोर्खा एउटा छोरो जस्को जन्म २०६२ सालमा भएको थियो।श्रिमान कुबेदमा ।श्रिमान कुबेद गएको ६ बर्ष ,बिवाह भएको २५ बर्ष ।

PROMOTED CONTENT
Mgid
Mgid

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

श्रिमानको नाम राजेन्द्र थापा ।आफुलाई कुबेदमा कम्पनिले पैसानै नदिने बताउथे राजेन्द्र ,पैसानै दिदैन भने किन त्यस्तो कम्पनिमा बस्ने घर आउ भन्दा आउन नमानेको जिकिर गरिन श्रीमती सान्ताले ।आफू शारीरिक रुपमा एकदमै कमजोर भएको बताउछिन् सान्ता ।

बिवाह सानै उमेर लगभक १८ बर्षमै गरेकि सान्ताको मुखबाट र`गत बमिट गर्ने समस्या बिहेगरेदेखिनै देखापरेको रहेछ।३-४ बर्षमा १ चोटि त्यस्तो हुने र चिकित्सकले एकपटक टि.भि भएको समेत भनेका थिए ।

यहि लकडाउनमा भने आफ्नो बमिट गर्ने समस्याले नाजुक अवस्थामा पुर्याएको बताउछिन् ।यस्तो दयनिय अवस्थाबाट गुज्रिएकि सान्ताको एउटा फोन समसत थिएन घरमा कोहि आफन्त आउदा तिनैको प्रयोग गर्दिरहिछिन् ।

आफुलाई लकडाउनको दौरान चेक गर्दा अप्रेसन गर्नुपर्ने र ३-४ लाख खर्च हुने कुरो श्रिमानलाई सुनाउदै गर्दा श्रिमानले यो खबर सुनेसाथ सम्पूर्ण संजालबाट ब्लक हािदिए ,अन्ततः सम्पर्कबिहिन नै भए ।

श्रीमती सान्ता जिवनसग यसरी लडिरहेकि थिइन कि उनी बाच्लिन् भन्नेनै कसैलाई लागेको थिएन सारा आफन्त गाउलेहरु उनैलाई रुगेर बसेका थिए तर आफ्ना श्रिमान भने सम्पर्कमा नै आएनन् ,त्यो भन्दा ठूलो पिडा अरु के नै हुन सक्दो होलार ।

सान्ता बस्दै आएको घरबाट पनि निकालियो कोठाभाडा तिर्न नसकेर अहिले सान्ता भाडा माझेर महिनाको तीन हजार थाप्दिरहिछिन् तर त्यो तिनहजार त भाडामै जानणछ ,आफू के खादि हुन् ,बच्चादाई के दिदिहुन् कठै बिचरा ।

थप हेर्नुस् भिडियो सामाग्री:-


Last Updated on: May 6th, 2021 at 1:02 am
७२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया