
झन्डै ३ किलोमिटर लामो नागढुङ्गा सुरुङ मार्ग निर्माणले गति लिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण सम्पन्न हुँदा नेपालकै पहिलो आधुनिक मोटर गुड्ने सुरुङ मार्ग हुनेछ।
काठमाडौंको बलम्बुस्थित तोतीपाखा र धादिङको सिस्नेखोला जोड्ने २.६९ किलोमिटर सुरुङ निर्माणपछि नेपालीले नागढुङ्गाको जामबाट पार पाउने छन्।
recommended by
Mgid
Mgid
RAID: SHADOW LEGENDS
Realistic Game For Men
LEARN MORE
उकालो र घुम्ती बाटोमा मालवाहक सवारी साधनका कारण लामो जाम हुने गरेको छ। ‘सुरुङले बाटोको दुरी साढे २ किलोमिटरमात्र घटाउने हो’, नागढुङ्गा सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले भने,
‘यो बाटोमा गाडी बिग्रियो भने घन्टौं जाम हुन्छ। त्यसलाई घटाउने छ।’ हाल नागढुङ्गा सडक १० डिग्री उकालोमा भएका कारण सवारी साधनले स्पिड लिन सकेका थिएनन्। अब सुरुङ मार्गमा ३ डिग्रीको स्लोप हुनेछ। जसका कारण सवारी साधनको स्पिड बढ्नेछ।
८ मिटर फराकिलो दुई लेनको मुख्य सुरुङ मार्गसँगै अहिले इमरजेन्सी सुरुङको समेत निर्माण कार्य भइरहेको छ। मुख्य सुरुङ साढे २ सय मिटर र इमरजेन्सी सुरुङ ५ सय मिटर खनिएको छ।
शाक्यका अनुसार लकडाउनका बेला सुरुङ निर्माण जारी थियो। तर सुरुङ पुग्ने सडक निर्माणको कार्यमा केही समय रोकावट आएको थियो। ‘अब हामीले एप्रोच रोड निर्माणलाई पनि गति दिएका छौं,’ शाक्यले भने, ‘धादिङतर्फ सुरुङ मार्ग प्रवेश बिन्दुमा ६ लेनको सडक बन्नेछ।’
जसमध्ये २ लेन पुरानो सडकमा जोडिनेछ। ‘कुनै गाडी (सडक दस्तुर लिने ढोका) टोल गेटबाट सुरुङ मार्गमा प्रवेश गर्न पास भएन भने पुरानो सडकमा जान अन्डरपास पनि बन्दैछ,’ शाक्यले भने।
नागढुंगातर्फ सुरुङ मार्ग प्रवेशका बिन्दुसँगै अन्डरपास निर्माणलगायतका काम भइराखेका छन्। धादिङको सिस्नेखोला तर्फ अहिलेसम्म मुख्य सुरुङको प्रस्थान बिन्दु खोलिएको छैन। तर भित्रबाट खन्ने काम भइराखेको छ।
शाक्यका अनुसार सिस्नेखोलातर्फ प्रस्थान गर्ने ढोका खोल्न भित्र काम भैराखेको छ। अब ६० मिटर खन्न बाँकी छ। सुरुङ निर्माणको ठेक्का जापानको हाज्मा कम्पनीले पाएको छ। हाज्माले सुरुङ निर्माणका लागि मेगाटेक कम्पनीलाई स्थानीय साझेदार बनाएको छ।
त्यस्तै बाहिरी कामका लागि स्वच्छन्द निर्माण सेवालाई लगाएको छ। ‘नेपाली इन्जिनियरहरूले काम गरिराखेका छन्,’ शाक्य भन्छन्, ‘जापानले यसको व्यवस्थापन गरेको छ। नेपाली इन्जिनियरले धेरै सिक्न पाएका छन्।
टेक्निकल काम पनि नेपालीले सिकेका छन्।’ २९ वर्षदेखि सडक विभागमा काम गरिरहेका शाक्य सवारी साधन प्रवेश गर्ने सुरुङ निर्माणबाट धेरै सिक्न पाएको बताउँछन्।‘हामीलाई अब प्राविधिक रूपमा के हेर्नुपर्छ, के व्यवस्थापन गर्नुपर्ने रहेछ र प्राविधिक रूपमा के हेर्नुपर्छ भन्ने सिकेका छौं,’ उनले भने। सुरुङ मार्गमा कार्यरत जिओलोजिस्ट ताराप्रकाश सिलवाल नागढुंगा