
हिलोमा फ’से’को ट्याक्टर नि’का’ल्न खोज्दा अरु त जो’गि’ए तर आफू भने रहेनन् महेन्द्र !
July 17, 2021 1
२ साउन, पाल्पा । तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले ए’स्का’भेटर पु’रिँ’दा एक युवकको मृ’त्यु भएको छ । पहिराले पुरिएर मृ’त्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डु’म्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन्
पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । हिलोमा फसेको लु ४ त ६६२९ नम्बरको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पु’रि’एका थिए ।
पहिराले पु’रि’ए’र लु १ क २४९६ नम्बरको एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताए । बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्को लु१क २४९७ नंको एस्काभेटर चालक र सहचालक पहिराबाट जो’गि’ए’का छन्
तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढु’ङ्गा लो’ड गरी जाँदै गरेको ट्र्याक्टर हिलोमा फ’से’पछि दुई एस्काभेटरले निकाल्न खोज्दा पहिराले पु’रि’एको सूचना अधिकारी त्वातीले बताए ।