बिहिबार १४ मंसिर २०८०

विराटनगर, २२ वैशाख । प्रदेश १ सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने फ्रन्टलाइनरका परिवारलाई २५ लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

The Japanese Way To Completely Remove Body Toxins
Nuubu

Success Can Sometimes Be Too Much To Handle
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

विश्वकै उत्कृष्ट ह्याण्डराइटिङ लेखेर नेपालको नाम विश्वसामु चिनाउन सफल भएको…
बुधबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारले खटाएका जनशक्तिको मृत्यु भए २५ लाख दिने निर्णय गरेको हो ।

बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र

सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिइन् ।

उनका अनुसार बैठकले बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू संक्रमित भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णयसमेत भएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, प्रदेश सरकारले सञ्चालन गरेको जनस्वास्थ्य प्रयोगशाला र सरकार मातहतका अस्पतालको कोभिड वार्डमा खटिने फ्रन्टलाइनरलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णयसमेत गरेको छ ।

यस्तै सङ्क्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नसक्ने कर्मचारीको संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको उनले बताइन् ।


Last Updated on: May 6th, 2021 at 6:46 pm
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया