शुक्रबार १५ मंसिर २०८०

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । वरिष्ठ गायक प्रधान अस्वस्थ भएपछि शुक्रबार काठमाडौं न्यूरो अस्पताल भर्ना गरिएको फिल्म निर्माता एवं कवि प्रकाश सायमीले जनाएका छन्। उनलाई केही दिनदेखि विसन्चो भएको जनाएको छ।

८२ वर्षीय प्रधानको पाँच वर्ष अघि ‘हेमाटोमा’को शल्यक्रिया गरिएको थियो। उनलाई कोरोना भएको आशंका गरिएको कवि सायमीले जनाएका छन्।

वरिष्ठ गायक प्रधानले थुप्रै गीतमा स्वर दिएका छन्। प्रकाशका अनुसार गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए ।

गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् । निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।


Last Updated on: May 6th, 2021 at 6:49 pm
४०० पटक हेरिएको

तपाईको प्रतिक्रिया