बिहिबार ११ कार्तिक २०७८

कलाकार पल्पसा डंगोललाई इन्द्रेणीबाट सहयोग रकम हस्तान्तरण
July 18, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
काठमाडौं, साउन ३। हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मृगौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । बिगत ५ बर्ष देखि मृगौलामा समस्या रहेकी पल्पसालार्ई यति बेला टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना गरेर प्ररम्भिक उपचार थालीएको छ । डंगोलको मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

आज इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलले अस्पतालमा पुगेर उहाँको अवस्था बुझेर रु, ७० हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । यस्तै राष्ट्रिय संगितकर्मी संघका महासचिव विक्रम जंग शाहले ब्यक्तीगत रु, १० हजार सहयोग गर्नु भएको छ भने अन्य धरै कलाकारहरुले त्यहाँ पुगेर इन्द्रेणी मार्फत सहयोग गर्न अपिल गरेका छन् ।


Last Updated on: July 18th, 2021 at 12:01 pm
४३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया