
श्रीमान बिदेशमा रहेकी २६ वर्षीया महिला पक्राउ
FacebookTwitterPrintMore
काठमाडौँ, साउन ३ – अ’वैध गर्भधारण गरेर ग’र्भ’प’तन गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी-१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रू’णको ज्या’न लिएर बारीमा गा’ ‘डेको आरोप लागेको हो ।
ती महिलाले चार महिनाको पुरुष भ्रू’ण जन्माई घरदेखि ५० मिटर टाढा बा’रीमा गा’डेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।
“शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रू’ण राखेर गा’डेको अवस्थामा थियो”, हवारीले भन्नुभयो, “स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।”
ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् । केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए ।
ग’र्भप’त’न गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताउनुभयो । उनले क’सको ग’र्भ’प’त’न गराइन् भन्ने विषय खुलेको छैन ।