शनिबार ०६ कार्तिक २०७८

२८२ रुपैयाँ जरिवाना नबुझाउने ४ वर्षपछि पक्राउ
July 18, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
वाग्मती

झन्डै २ सय ८२ रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।

सिन्धुली जिल्ला अदालतले कमलामाई नगरपालिका–१३ का गिरिजा थापालाई २०७४ साउन १६ मा लेनदेनको मुद्दामा दोषी ठहर गर्दै २ सय ८१ रुपैयाँ ३३ पैसा जरिवाना तोकेको थियो

तर जरिवाना रकम नबुझाई लुकीछिपी बस्दै आएका उनलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरिएको सिन्धुली प्रहरी प्रवक्ता मनोजकुमार लामाले बताए । अदालतको लगत नं १०७९ अनुसार फरार देखिएकाले उनलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएको उनले बताए ।


Last Updated on: July 18th, 2021 at 7:42 pm
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया