शनिबार ११ मंसिर २०७८

५ वटा सुटकेसमा ३० करोड बोकेर दुबई उड्न लागेकी युवती विमानस्थलमा पक्राउ
July 18, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
काठमाडौं। ५वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा पक्राउ परेकी छिन् ।

ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलियन ब्रिटिस पाउण्ड (३० करोड नेपाली रुपैयाँ) राखेर लण्डनको हिथ्रो विमानस्थलबाट दुबइ उड्ने प्रयास गरेकी थिइन् । २० वर्षकी तारा हान्लोनलाई

हिथ्रोमा बोर्डर फोर्सका अधिकारीहरुले पक्राउ गरेको द सनको समाचारमा जनाइएको छ । सुरक्षाकर्मीले उनका लगेजभित्र ठूलो परिमाणमा नगद फेला पारेका छन् । यो यस वर्ष यसरी पक्राउ गरिएको सबेभन्दा ठूलो रकम हो । हान्लोनलाई मनी लण्ड्रिङको अभियोगमा मुद्दा चलाइएको छ ।

उनलाई अक्सब्रिज मजिस्ट्रेटको अगाडि उपस्थित गराएर अनुसन्धानको लागि म्याद थपिएको छ । अदालतले उनलाई नोभेम्बर ५ सम्मको लागिपुलिस हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । त्यसपछि उनलाई इस्लेवर्थ क्राउन कोर्टमा उपस्थित गराइनेछ ।

दोषी ठहर भएको अवस्थामा हान्लोनलाई १४ वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको समाचारमा जनाइएको छ । अध्यागमन नियमन र अदालती मामिला मन्त्री क्रिस फिलिपले भने ‘यो २०२० मा देशबाहिर जान लागिएको सबैभन्दा ठूलो रकम सीज गरिएको हो ।’


Last Updated on: July 18th, 2021 at 7:46 pm
२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया