
संसारकै सबैभन्दा सानो गाई फेला पर्यो
Uncategorized
July 15, 2021AdminLeave A CommentOn संसारकै सबैभन्दा सानो गाई फेला पर्यो
एजेन्सी -विश्वकै सबैभन्दा सानो गाइ बंगलादेशमा भेटिएको छ । रानी नाम गरेकी सेतो गाई संसारको सबभन्दा सानो गाईको रहेको बताईएको छ । उनको तौल ५७ पाउण्ड रहेको छ ।चौडाइ २७ इन्च र २० इन्च लम्बाई रहेको छ। मानिकगंज जिल्लाको एक सानो फार्ममा जहाँ रानी बस्छिन,सयौं मानिसहरू रानीलाई भेट्न आएका छन्।
२३ महिनाको यस गाईलाइ गिनीज वर्ल्ड रेकर्डले प्रमाणित गरेको खण्डमा संसारको सब भन्दा सानो गाईको उपाधि पाउनेछ।अहिले संसारको सबभन्दा सानो गाई भारत केरलाको मानिक्याम रहेको छ ।सो गाइ भन्दा रानी ४ इन्च छोटी छ।
मोहम्मद अबु सुफियानले भने, “रानीको च’र्चा छ किनकि उनको नाम गिनीज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने ठूलो सम्भावना रहेको छ।”अबु सुफियानले भनेअनुसार रानीको जन्म २०१९ मा भएको थियो ।
अहिलेसम्म रानी आधिकारिक रूपमा संसारको सब भन्दा सानो गाई नभए पनि फार्मका मालिकहरूले गिनीज वर्ल्ड रेकर्डमा आवेदन दिएका छन्। गिनीज वर्ल्ड रेकर्ड्सले यो आवेदनको समीक्षा गरिरहेको कुरा बतायो ।यसमा ९० दिन सम्ममा लाग्न सक्ने गिनीज वर्ल्ड रेकर्ड्सले बतायो ।
रानीको लम्बाइ बढ्ने सम्भावना त छैन, यद्यपि गत वर्ष उनको तौल १५ पाउण्ड बढेको थियो ।रानीको नाम सर्बत्र फैलिएको छ।यसको परिणाम स्वरूप सयौं अबु सफियनको फार्ममा आएका छन्।अबू सफियनको लक्ष्य रानीलाई उनको स्वास्थ्यलाई असर गर्ने बौ’नापनको बावजुद सम्भव भएसम्म जीवित र स्वस्थ राख्नु हो।