
आफन्तसँग हाँसेको भन्दै आफ्नै श्रीमानले कान का’टिदिए
Uncategorized
July 19, 2021AdminLeave A CommentOn आफन्तसँग हाँसेको भन्दै आफ्नै श्रीमानले कान का’टिदिए
चैनपुर,साउन ४ – जयपृथ्वी नगरपालिका वार्ड न. १ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीको उनका पति २५ वर्षीय मनोज नेपालीले कान का’टिदिएका छन्। कान का’टेर घाइते भएकी जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।चार दिनअघि मनोजले आफन्तसँग हाँसेको आरोपमा निर्घात कु’टपिट गरी आफ्नो बाया कान का’टिदिएको जानकीले बताएकी छन्।
‘जे हातमा पर्याे त्यही सामानले कुट्यो।मेरो कान म ढलेपछि चक्कुले का’टिदिए। त्यसपछि सो ठाउँमा दाँतले च’पायो अनि रगत चु’स्यो,’ जानकीले भनिन्, ‘का’टिएको कान मेरो हातमा दिँदै भोलि मेडिकल गएर जोडी माग्नु भन्यो र भाग्यो।’
जानकीकको सो कानको शल्यक्रिया भएको छ। तर, कान जोडिने, नजोडिने निश्चित नभएको चिकित्सकहरूले बताएका छन्।मनोजले विवाहको केही महिनादेखि नै आफूलाई या’तना दिन सुरु गरेको जानकीको आरोप छ।
जानकी र मनोजका चार, अढाई र १६ महिनाका गरी तीन सन्तान छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रूपक खड्काले ठाडो उ’जुरीमार्फत घटनाबारे जानकारी आएको र मनोजको खोजी गरिरहेको बताए।