
बझाङमा एक पुरुषले आफ्नी श्रीमतीको कान का’टि’दि’एका छन् । घाइते भएकी श्रीमतीले कसैसंग गु’हार माग्न समेत नसकेपछि दुई दिन सम्म घरमै छ’ट’प’टि’एर बसेकी छन् । दुई दिन पछि जिल्ला अस्पताल बझाङमा उनको उपचार सुरु भएको छ । छोरीलाई भएको घटना आमाबुवाले पनि अरुले नै अस्पताल लगेपछि मात्र थाहा पाएका थिए ।
recommended by
Mgid
Mgid
RAID: SHADOW LEGENDS
Realistic Game For Men
LEARN MORE
बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर(१ भण्डार गाउँकी २१ वर्षीया जानकी नेपालीलाई उनका श्रीमानले यस्तो या’त’ना दिएका हुन् । उनका २५ वर्षीय श्रीमान मनोज पक्राउ परेका छन् । अस्पतालकी एक नर्सका अनुसार उनको कानको बीचको भागनै थिएन । दिनहुँ मा’प’से गर्ने उनका श्रीमानले त्यसैको तालमा श्रीमतीसंग वि’वा’द गरेका थिए ।
मा’प’से गरेर घर आएका मनोजले श्रीमती छिमेकी आफन्तसंग हाँसेको भनेर निउँ खोजेका थिए । बुधवार उनीहरुबीच वि’वा’द भएको हो । का’न का’टे’पछि श्रीमानले नै भोलि मेडिकल गएर जोड्नु भनेर हातमा राखिदिएको जानकीले बताएकी छन् । घटना पछि श्रीमान सम्पर्क विहिन भएका थिए । लगातार रगत बग्न थालेपछि श्रीमान भा’गेको जानकीको भनाई छ ।
म उठ्न पनि सकिन श्रीमान भागे, कसैलाई खबर गर्न पनि नसकेर दुई दिन घरमै छ’ट’प’टि’एर बसें । १५ वर्षको उमेरमा कक्षा ९ पढ्दा नै उनको विवाह भएको थियो। २१ वर्ष मात्रै भएकी उनका अहिले तीन छोराछोरी छन्।
वैदेशिक रोजगारीका लागि भारतमा हुँदा पनि आफुलाई श्रीमानले टा’उ’कोमा ग्यास सि’लि’न्ड’रले हि’र्का’एर दुई महिना सम्म वे’हो’सी अवस्थामा अस्पतालमा उपचार गराएको बताएकी छन् । त्यती बेला सासुले रोकेका कारण मनोज विरुद्ध उजुरी नदिएको नउको भनाई छ ।