शनिबार ०६ कार्तिक २०७८

काठमाण्डौ – नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले नेपािलमै पहिलो पटक औषधी उत्पादन सुरु गरेको हो । यस अघि नेपामा क्यान्सर विरुद्धको औषधी भारत र तेस्रो देशबाट आउने गर्दथ्यो ।

कम्पनीले भारतको हैदराबादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको टिचिङका कार्यकारी निर्देशक शैलेश वैद्यले बताए ।

उनले तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको समेत बताए । कार्यकारी निर्देशक वैद्यले अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग विश्वस्वास्थ्य संगठनको जिएमपी स्टान्डर्ड र औषधि उत्पादन संहिता–२०७३ अनुरूप बनाइएको नेपालकै नमुना कम्पनी भएको जिकिर गरे ।

‘क्यान्सरको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न मिल्दैन, अर्काे कुरा हाम्रो कम्पनीमा नवीनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ उनले भने ।

वैद्यले आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए । सो अवसरमा टिजिङ कम्पनीले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिको समेत अनावरण गरेको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी झण्डै ३२ करोड लगानीमा औषधि उत्पादन सुरु गरिएको बताइएको छ । तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको वैद्यले बताए । नेपालमा उत्पादन भएको औषधी को मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताइएको छ ।


Last Updated on: July 19th, 2021 at 7:13 pm
५३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया