बिहिबार १४ साउन २०७८

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा
July 19, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ६ गते बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको बताए ।

यसैगरी, बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ।

यस्तै, बैठकले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद दिने र नि:शुल्क थप खोप उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको छ।

अब मोबाइलमै ‘वैदेशिक रोजगारी’
प्रकाशित मिति: शनिबार, साउन ०२, २०७८ समय: १५:२४:१२
81
Shares
facebook sharing button 81messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

काठमाडौँ, २ साउन / वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो ।

वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिक, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरी एप सञ्चालनमा साझा सवाल मिडियाका सञ्चालक अनिल अधिकारीले जानकारी दिए ।

साझा सबाल मिडियाले २०७५ सालदेखि उक्त एप सञ्चालनमा ल्याएको हो । यो एप अब आइफोन प्रयोगकर्ताले एप स्टोरमा गएर ‘वैदेशिक रोजगार’ सर्च गरेर डाउनलोड गर्न सक्नेछन् ।

एपमार्फत वैदेशिक रोजगारीका लागि विज्ञापन छान्न, विज्ञापन आधिकारिक हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी लिन सकिनेछ ।

एपमा आफूले मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधै म्यानपावर कम्पनीमा सम्पर्क गर्न सकिने फिचर उपलब्ध रहेको सञ्चालक अधिकारीले बताए ।

वैदेशिक रोजगारमा जान चाहनेले ‘गुगल म्याप’को सहायताले सिधै म्यानपावर कम्पनीसम्म पुग्न सक्ने सुविधा एपमा रहेको छ । त्यस्तैगरी कुन देशमा कुनकुन पदमा केके डिमाण्ड आएका छन् भनेर हेर्न सकिने छ ।

यस्तै विदेशमा समस्यामा परेका नेपालीले विभिन्न निकायमा निवेदन दिने नमूूनाबारे जानकारी, वैदेशिक रोजगार बोर्डद्वारा जारी तालीम पाठ्यक्रम, वैदेशिक रोजगारसम्बन्धी ऐन÷कानूूनबारे जानकारीलगायत विभिन्न निकायका सम्पर्क नम्बर थाहा पाउन सकिने छ ।

एपमा इजजात प्राप्त म्यानपावरका सम्पर्क जानकारी, दूूतावास, अभिमुखीकरण संस्था, मेडिकल संस्थाबारे जानकारी र वैदेशिक रोजगारअन्तर्गत तालिम प्रदायक संस्थाबारे जानकारी पाउन सकिनेछ । – रासस / File Photo .


Last Updated on: July 19th, 2021 at 7:28 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया