शनिबार ०६ कार्तिक २०७८

‘नेपाल आइडल’ सिजन ४ मा जजहरू परिवर्तन , को को आउँदैछन् नयाँ जज
July 19, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
काठमाण्डौं । नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’का तीन सिजन निकै सफल रहे । पहिलो सिजनबाट नै चर्चामा आएको यस रियालिटी शोलाई दर्शकले रुचाए ।

शोबाट केही गायक गायिकाको उदय भयो ।पछिल्लो समय नेपाल आइडलको चौथो सिजन आउने हो कि होइन भन्ने प्रश्न उठिरहेको थियो । शोका तीनै जना जजहरू अर्को रियालिटी शोमा आबद्ध भएपछि नेपाल आइडल बन्द नै हुने हो कि भन्ने धेरैको आशंका थियो ।

तर, नेपाल आइडलका निर्देशक सुरेश पौडेल नेपाल आइडल बन्द नहुने बताउँछन् । कुराकानीमा उनले भने, ‘फ्रेन्चाइजको अनुमति ३ वर्षको थियो । त्यो सकिएपछि चौथो गर्ने वा नगर्ने दुविधा थियो । अहिले फ्रेन्चाइजको मौखिक अनुमति पाइसकेका छौँ ।लिखित अनुमति प्राप्त भएपछि हामी चौथो सिजनको काममा लाग्नेछौँ ।’

निर्देशक पौडेलका अनुसार केही दिनमा नै लिखित अनुमतिपत्र निर्माण पक्षले प्राप्त गर्नेछ । पत्र प्राप्त भएसँगै चौथो सिजनको प्रोमो सार्वजनिक गर्ने पौडेलले बताए ।चौथो सिजनदेखि भने जजहरू पनि परिवर्तन हुने पौडेलको भनाइ छ । ‘अनुमतिको दुविधा भइरहेको बेला जजहरू अर्कै शोमा जानुभयो ।

त्यसैले हामी चौथो सिजनमा नयाँ जजहरूसहित प्रस्तुत हुनेछौँ,’ निर्देशक पौडेलले भने ।निर्माण पक्षले सांगीतिक क्षेत्रका स्थापित व्यक्तिहरूलाई नै जजको रूपमा प्रस्तुत गर्ने योजना बनाइरहेको छ । तर, अनुमतिपत्र प्राप्त नभइसकेकाले कसैसँग औपचारिक कुरा हुन नसकेको पौडेलको भनाइ छ ।


Last Updated on: July 20th, 2021 at 12:25 am
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया