बिहिबार १४ साउन २०७८

झारखण्ड-मानव आफ्नैमाथि पनि कति सम्म क्रु’र हुँदो रहेछ भन्ने यो समाचारले पुष्टि गरेको छ । भारतको झारखण्डको पलामू जिल्लाबाट एउटा यस्तै क्रु’र घटना प्रकाशमा आएको छ।६५ वर्षीय भोलाराम नाम गरेका एक व्यक्ति बुधबार बिहान सिगसिगी रेलबे लिकमा बाँधिएको अवस्थामा भेटिए ।

मुख सिलाइएको थियो ।पालुम जिल्लाको उन्टारी रोड पुलिस स्टेशनको भीतिहरा गाउँको मंझलीघाट टोल निवासी भोला रामले घटनाका सम्बन्धमा पुलिसलाई बताए अनुसार उनी राती पिसाब गर्नका लागि उठेका थिए । यहि समयमा केही मानिसले उनलाई समाते । अन्य समाचार

दोस्रो पत्नी सविता देवीले पहिलो श्रीमतीको तर्फबाटका छोरा र अन्य दुई जनाले कु’टपिट गरे । त्यसपछि उसको मुखमा ज’बरजस्ती सिलाइयो । रातको करिब ११ बजे रेलवे पटरीमा लगेर डोरीले उनको हात खुट्टा बाँधिदिए ।

बिहानको समयमा करिब पाँच बजे शौचालय जानका लागि गाउँका केही मानिसले रेलको पटरीमा मान्छे बाँधेको देखेपछि मान्छेहरुको भिड जम्मा हुन थाल्यो । गाउँलेको सूचना पाएर पुलिस घटनास्थलमा पुगेर उनको उ’द्धार गरेको थियो । त्यहाँबाट भोलारामलाई क्लिनिकमा लगि सिलाइएको मुखको धागो का’टेर फालिएको छ ।

भोलारामले आफ्नी पहिलो श्रीमतीको नि धन भएपछि सन् २०१० मा दोस्रो विवाह गरेका थिए ।सो घटनाको बारेमा पुलिसले थप अनुसन्धान गरिरहेको भारतीय संचारमाध्यमले जनाएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Men, Eliminate Your Sex Problems If You Do This Daily
Testoultra

Make Your Own Product For Your Scalp
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks


Last Updated on: July 20th, 2021 at 2:39 am
२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया