शुक्रबार १५ साउन २०७८

मोटरसाइकलमा बसेकै अवस्थामा एक जनाको मृत्यु
July 20, 2021 8
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
विराटनगरमा मोटरसाइकलमा बसेकै अवस्थामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने रहेका छन् ।

सोमबार राति करिब ८:३० बजेतिर को४प २३१६ नम्बरको हिरो होन्डाको स्प्लेन्डर मोटरसाइकलमा मृत अवस्थामा भेटिएका हुन् । विराटनगर–५ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयअगाडि उनी मोटरसाइकलमा बसेकै अवस्थामा मृत फेला परेका हुन् ।

स्थानीयले पानी परेका बेला मोटरसाइकलमै सुतेको देखेपनि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनापछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।


Last Updated on: July 20th, 2021 at 11:35 am
७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया