बुधबार ०३ कार्तिक २०७८

टिभी हेर्ने क्रममा करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन
July 20, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
( प्रतीकात्मक तस्बिर )लमजुङ । टिभी हेर्ने क्रममा विजुलीको करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन भएको छ । राइनास नगरपालिका– ७ सालफेदी गाउँमा बस्ने राकेश पाण्डेकी ७ वर्षीया छोरी सृष्टि पाण्डेको करेन्ट लागेर निधन भएको प्रहरीले जनाएको छ ।

उनी घरमा खेल्दै गरेको अवस्थामा टि.भि. हेर्न गएको र सोही क्रममा टीभीको विद्युतीय तार सर्ट (विद्युत चुहावट) भई हातमा करेन्ट लागि घाइते भई बेहोश भएकी थिइन् । छोरीलाई बेहोस अवस्थामा देखेपछि आमाले स्थानीयलाई खवर गरी उपचारको लागि सोही वडा स्थित सहोदर अस्पतालमा लगिएको थियो । उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ओलीले किन गरे भिम रावलको प्रशंसा ?
साउन ५, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

TESTOULTRA
Stop Disappointing In Bed! Try This Method!
LEARN MORE
एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् ।

देउवा सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतप्रति आक्रोश पोखेका हुन् ।

बैठकमा ओलीले कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने, आफंै मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको आरोप लगाए । उनले आफ्नो नेतृत्वको सरकार बहिर्गमनपश्चात बनेको गठबन्धनको देउवा सरकारलाई ‘टालाटुली’को संज्ञा दिए । ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन् । देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको हो,’ ओलीले भने ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई ‘विषवृक्ष’ को संज्ञा दिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले भने, ‘पार्टीमा उहाँ (माधव)लाई सम्मान भएन रे । विषवृक्षलाई अझै सम्मान ?’

माओवादी केन्द्रका दाहालप्रति प्रहार गर्दै ओलीले भने, ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । हुन त प्रतिपक्ष कसरी अगाडि बढ्छ भन्ने कुरा हो । विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्छ ।’

बैठकमा अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष भीम रावलको भने प्रशंसा गरेका थिए । अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएका एमाले उपाध्यक्ष रावलले देउवालाई विश्वासको मत नहालौं पार्टी एकताबद्ध बनाउनभन्दा नेता नेपालले म विधि निर्णय मान्दिनँ एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाएको ओलीको भनाइ छ ।

ओलीले रावललाई आग्रह गर्दै भने, ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने ? अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।


Last Updated on: July 20th, 2021 at 11:41 am
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया