मंगलबार १२ साउन २०७८

बागलुङमा घरेलु मदिरा पिउँदा राेल्पाका ४ जनाकाे मृत्यु, दुई गम्भीर
July 20, 2021 2
बागलुङको गलकोटमा घरेलु म,दि,रा खाँदा राेल्पाका ४ जना मजदुरको मृ’त्यु भएको छ । दुई जना बिरामी छन् ।

गलकोट नगरपालिका–७ मल्ममा सोमबार राति घरेलु म,दि,रा खाएका १४ जना मजदुर मध्ये ६ जना बिरामी परेका थिए । उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा चार जनाको मंगलबार बिहान साढे ४ बजे मृ, त्यु भएको प्रहरीले जनाएको छ।

मृ, त्यु हुनेमा रोल्पा सुनिल स्मृति गाउँपालिका– ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ति रहेकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।

१४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको बताइएकाे छ ।

ती मजदुर गलकोट नगरपालिका–७ को मल्मस्थित एक खानेपानी आयोजनामा काम गर्थे । मदिरा पिएर सुत्न हिँडेका उनीहरूको अवस्था गम्भीर भएपछि उपचारका लागि राति नै धौलागिरि अस्पताल ल्याइएको थियो ।

घटनाको बिषयमा थप अ,नु,स,न्धान भैरहेकाे प्रहरीले जनाएकाे छ । होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए। रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ।

दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।


Last Updated on: July 20th, 2021 at 11:49 am
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया