
५ ओटा सोमबार परेको विशेष साउन: यी ६ राशिका लागि फलिफाप
Share
५ ओटा सोमबार परेको विशेष साउन: यी ६ राशिका लागि फलिफाप
साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने चलन छ ।
ज्योतिषशा स्त्रअनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ ।
PROMOTED CONTENTAdskeeper
The Sexiest Game Of 2021!
More…
660
165
220
A Game Where Everything Is Allowed!
More…
204
51
68
Prince Harry And Meghan Markle Having Marriage Problems
More…
814
204
271
नेपालमा हिन्दू धर्म मान्नेहरूबीच साउने सोमबारको व्रत बस्ने चलन छ । साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ ।
महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा उत्तिकै छ ।
हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् ।
साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणुको सं-क्रमण हुने हुँदा लुतो पनि फालिन्छ ।
यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म–कर्मको महिनाका रूपमा लिइन्छ ।
यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहरसम्म चल्छ ।
तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गरिन्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।
यसपटक साउनको पहिलो सोमबार साउन ४ गते परेको छ । यस हिसाबले यो वर्ष साउनमा ५ वटा सोमबार छन् । यसपाली साउन ३२ सम्म छ । ५ ओटा सोमबार पर्नु भनेको साउन महिना नै विशेष हो ।
साउनको ब्रतले धेरै राम्रो फल दिन्छ । त्यसै पनि यसपाली ५ ओटा सोमबार परेकोले साउन विशेष छ ।
साउनको ब्रत यी ६ राशिको लागि फलदायी छ ।
मेष राशि, वृष राशि, तुला राशि, धनु राशि, मकर राशि, मीन राशि