बुधबार १३ साउन २०७८

खुमलटारमै पुगेर देउवाले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाका बारेमा लिए जानकारी
July 20, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले सीताको अवस्था बुझ्न मंगलवार खुमलटार पुगेका हुन् ।

लामो समयदेखि अस्वस्थ रहेकी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न देउवा खुमलटार पुगेका थिए । प्रधानमन्त्रीज्यू म्याडम (प्रचण्डपत्नी सीता दाहाल)को स्वास्थ्य अवस्था बुझ्न र उहाँलाई भेट्न आउनुभएको हो,प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिँदै भने ।

सीता दाहाल लामो समयदेखि बिरामी छन् । केही समयअघि भारत लगेर उपचार गरिए पनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन । केही दिन अघि प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेत्र विक्रम चन्द विप्लवले पनि सीतालाई भेटेका थिए । द्ध न्द्ध कालमा प्रचण्डसंगै रहेका विप्लवलाई सीताले निकै माया गर्थिन । विप्लवलाई देखेर सीताले आँशु झारेकी थिइन् । सीताको आँखामा आँशु देखेर विप्लव पनि भावुक भएका थिए ।


Last Updated on: July 20th, 2021 at 7:04 pm
८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया