बुधबार ०३ कार्तिक २०७८

काठमाडौंमा लु,टि,ए वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू
July 20, 2021 13
25
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका केही युवा सोमबार राति काठमाडौंको चावहिल र ज्ञानेश्वर क्षेत्रबाट लु,टि,एका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंको मित्रपार्कस्थित मानसरोबर होटेलमा बास बस्न गएका दुईजना र भाइ नाता पर्ने युवकको मोटरसाइकलमा कालिकास्थानतर्फ जाँदै गरेका अर्का एक युवा ज्ञानेश्वरमा लु,टि,एका हुन् ।

प्राप्त जानकारी अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर बास बस्नका लागि बा. २ ज ३५९० नम्बरको ट्याक्सीमा जाँदै गरेका झापाका ४१ वर्षीय मात्रिका चौलागाई र नवलपरासीका ३० वर्षीय बिजय पुलामी मगरको ५०/५० ग्रामको १/१ थान सुनको बाला सोमबार राति लु,ट,पा,ट भएको हो ।

कतारबाट फर्किएका उनीहरू बास बस्ने भनिएको होटेलअगाडि पुगेपछि हाल अल्फाबेट नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तहरुले सुनको बिल चेक गर्नुपर्यो भन्दै बाला लु,ट,पा,ट गरी फ,रा,र भएको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सोही ट्याक्सीका चालकलाई सोधपुछका लागि नि,य,न्त्रणमा लिएको छ भने लु,ट,पा,टमा प्रत्यक्ष संलग्न व्यक्तिहरू भने फ,रा,र रहेको बताइएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–२८ ज्ञानेश्वरस्थित सडकमा पनि वैदेशिक रोजगारीबाट फर्किएका झापाका ३४ वर्षीय गणेश नेपालको ५० ग्रामको १ थान सुनको बाला सोमबार राति लु,ट,पा,ट भएको छ ।

भाइ नाता पर्नेसँग बा. ९२ प. ३७१८ नम्बरको मोटरसाइकलमा डिल्लीबजार कालीकास्थानतर्फ आउने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अर्का दुई जना अपरिचित व्यक्तिहरुले उक्त सुनको बाला लु,ट,पा,ट गरी फ,रा,र भएको बताइएको छ ।

लु,ट,पा,ट भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले लु,ट,पा,टमा सं,ल,ग्न हाल फ,रा,र व्यक्तिहरुको खो,जी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धानभइरहेको बताएको छ ।


Last Updated on: July 20th, 2021 at 7:12 pm
५५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया