शुक्रबार ०५ आश्विन २०८०

लोक सेवा पास गरेर सरकारी जागिरे बन्नु सपना हो, कम्तिमा ती युवाहरुका लागि जो आफ्नो भविष्य आर्थिक, पारिवारिक तथा सामाजिक रुपमा सुरक्षित गर्न चाहन्छन् । लोकसेवा फारम भर्न जति सजिलो छ, यस्तो सहज छैन परी’क्षामा पास हुन ।

कतिले यो वर्ष भएन, अर्को वर्ष । यता भएन उता गर्दै सरकारी जागिरका लागि फारमको लाइन बस्छन् । अनि परी’क्षाको तयारी, र पनि सफलता नजिक देखिँदैन । तर रामबहादुर खत्री (२५) लाई यो सफलता हासिल गर्न जम्मा पाँच महिना लाग्यो ।

उनी अहिले राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छन् । यो सफलता चुम्न उनले त्यो पाँच महिना कुन तहको कठिन मेहनत गरे भन्ने कुरा बुझ्न उनको दुई शब्द नै काफी छ । त्यो हो ‘कुर्चीमै निदाउथे’ । यसबारे तल चर्चा गरिनेछ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीमा राम खत्रीको घर छ । बुवा शिक्षक थिए । बीचमै जागिर छुट्यो । प्लस टू को पढाई सकेका ख’त्रीको त्यसपछि बिसिए (ब्याचलर इन कम्प्यूटर एप्लिकेशन) पढ्ने इच्छा पूरा हुन कठिन भयो ।

वार्षिक साढे ३ लाख कलेजमै बुझाउनु पर्ने, उनी एक लाख बोकेर सदरमुकाम धनगढी हानिए, जागिर र पढाई सँगै गर्ने सोचका साथ । धनगढीको नाष्ट कलेजमा प्रवेश परीक्षा दिए । ४० जनाको सिटका लागि प्रवेश परी’क्षा दिने सयौँ थिए । खत्रीले १२ नम्बरमा नाम निकाले । त्यसअघि नै उनले एक फेन्सी पसलमा जागिर सुरु गरिसकेका थिए, तलब थियो महिनाको दुई हजार ।

घरबाट ल्याएको एक लाख, जागिर गर्दा महिनाको दुई हजारले वर्षको २४ हजार, खत्रीको मनमा चिसो पस्यो । जागिर गर्दा पनि चाहेको पढाई पूरा गर्न नसकिने भएपछि उनले त्यो ईच्छा लत्याए र कैलाली बहुमुखी क्याम्पसमा बिबिएस पढ्न भर्ना भए ।

घरबाट ल्याएको एक लाख, जागिर गर्दा महिनाको दुई हजारले वर्षको २४ हजार, खत्रीको मनमा चिसो पस्यो । जागिर गर्दा पनि चाहेको पढाई पूरा गर्न नसकिने भएपछि उनले त्यो ईच्छा लत्याए र कैलाली बहुमुखी क्याम्पसमा बिबिएस पढ्न भर्ना भए ।

गाउँमा बस्दा रेडियो नेपाल सुन्ने गरेका खत्रीलाई रेडियोमा बोल्न पाए हुन्थ्यो जस्तो लागिरहन्थ्यो । धनगढीमा एफएम रेडियोहरु खुलेको धेरै भएको थिएन । रेडियो सुन्न सोखिन खत्रीले फेन्सी पसलमा सुरु गरेको जागिरको पहिलो तलबले रेडियो किने ।

स्थानीय दिनेश एफएममा रेडियो कार्यक्रम प्रस्तोताका लागि आवदेन खुलेको कुरा रेडियोबाटै थाहा पाए । उनले आवेदन भरे । तर खत्रीको रेडियोमा बोल्ने चाहना पूरा भएन । पहिलो चरणको स्वर परीक्षाबाटै उनी छनौटमा परेनन् ।

निराश भएर फर्के पनि खत्रीको मनमा रेडियोमा बोल्न सक्छु भन्ने हिम्मत कम भएको थिएन । उनले प्रयास गर्दै गए । धनगढीको रेडियो सुदूर सन्देशले अवसर दियो । त्यहाँ उनले दुई वर्ष काम गरे । समाचार तथा का’र्यक्रममा आवाज दिएका खत्रीलाई शहरले चिन्न थाल्यो । राम्रो काम गर्दै गएपछि सुरुमा स्वर परी’क्षामै छनौट नगरेको दिनेश एफएमले पनि पछि आफूलाई काम गर्ने अवसर दिएको खत्री बताउँछन् ।


Last Updated on: July 21st, 2021 at 12:32 am
३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया