मंगलबार १६ आश्विन २०८०

गर्भासयमा भएको क्यान्सरका कारण आमा बन्न नसक्ने बताएपछि सिवोन टेरी निकै दुःखी भइन् । आमा बनेर आफ्नो दुई वर्षकी छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इच्छा थियो ।

दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए । सिवोनले आफैं उपचारमा समेत ध्यान दिन छाडेकी थिइन् । तर, उपचार नगर्ने हो भने दिदीको ज्यान जाने खबर सुनेपछि एली फेयरफाक्स आफ्नो गर्भ स्वयंमसेवाका रुपमा लगाउन हिचकिचाइनन् ।

‘एलीले मलाई अंगालो हालिन् र सहजै भनि् कि तिम्रो लागि म बच्चा जन्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्याग सम्झँदै सिवोनले भनेकी छन् । चिकित्सकीय पद्धतिबाट टेरीको विर्य प्रयोग गरेर एली गर्भवती भएकी छन् र उनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् ।

SUGGESTED NEWS
Mgid
Mgid

Realistic Game For Men
RAID: Shadow Legends

What If Covid-19 Hit Disney?
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
एलीले भन्छिन-क्यान्सरविरुद्ध लड्दै गरेको दिदीलाई देख्दा निकै गाह्रो हुन्थ्यो । त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उहाँ झनै निराश हुनु भो । त्यसैले उनका लागि बच्चा जन्माइदिनु मेरो लागि सहज निर्णय थियो । एजेन्सी

यो पनि हेर्नुहोस :


Last Updated on: May 7th, 2021 at 12:00 am
१६८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया