बिहिबार १४ साउन २०७८

सनराइज बैंकद्वारा कार्डलेस भुक्तानी सुविधा सुरु, कसरी प्रयोग गर्ने ?
साउन ६, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

TESTOULTRA
Men, You Don’t Need Viagra If You Do This Daily
LEARN MORE

साउन ६, काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् ।

यस सेवा अन्र्तगत ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस विदड्र अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ ।

recommended by
Mgid
Mgid

RAID: SHADOW LEGENDS
The Best Game For Men Is Very Realistic
LEARN MORE
त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ । बैंकको एटीएममा गई कार्डलेस विदड्र अप्सनमा रोजी एसएमएसमा आएको कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सकिने छ ।

यस प्रक्रियामा आएको कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Last Updated on: July 21st, 2021 at 4:05 pm
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया