बिहिबार १४ साउन २०७८

माधव नेपाललाई नोबेल शान्ति पुरस्कार !सबैतिरबाट शुभकामनाको ओइरो
July 21, 2021 36
127
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
माधव नेपाललाई नोबेल शान्ति पुरस्कार !सबैतिरबाट शुभकामनाको ओइरो

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आज सिंगो देशमा, नेपालको कम्युनिष्ट आन्दोलनमा र नेकपा एमालेभित्र जे÷जस्ता घट्ना र परिदृश्यहरु देखिए, जनताको मतको अन्तिम उल्लंघनकर्ता, आह्वानकर्ता र सूर्यबाट मत लिएर रुखलाई चाहीँ सघाउने, पार्टीविरोधी जुन काम भयो, त्यसको सम्पूर्ण अगुवाई र नेतृत्वकर्ता माधव नेपाल हुनुहुन्छ ।

उहाँले नेतृत्व गरेको एउटा सानो विरोधी झुण्ड छ भन्ने कुरा सबैलाई थाहा छ, त्यसो भएको हुनाले उहाँले जनताको मन मनबाट, कार्यकर्ताको मन मनबाट उहाँ आँफै हिजो त्यत्रो समय पार्टीको नेतृत्व गरेको नेताले आज व्यक्तिगत राजनीतिक ईस्यु र एजेण्डा सकिएपछि व्यक्तिमा कुण्ठाको स्तर कुन तहले विकसित हुँदो रहेछ, त्यो बदला भावमा कसरी प्रकट हुँदो रहेछ भन्ने कुराको एउटा नमूना उहाँले देखाउनुभयो ।

त्यसकारणले गर्दा लामो समयदेखि पार्टीमा क्रियाशिल, नयाँ पुस्ताका अगुवा साथीहरु, तन्नेहरु, र नेपालको राजनीतिलाई नजिकबाट नियाँल्दै गरेको हाम्रो पुस्ता, ती सबैले आजको विज्ञान, प्रविधिको युगमा सबैले हेरेको छ । उहाँ अब एमालेको सम्मानजनक स्थानबाट स्खलित भैसक्नुभएको छ ।

उहाँलाई जनताको तहबाट कारबाही भैसकेको छ ।’ आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले आज बस्ने केन्द्रीय कमिटीको बैठकले नेता नेपालसहितका नेताहरुलाई कारबाही गर्नेबारे एउटा निर्णय लिने जनाए ।

उनले अब नेकपा एमाले र माधव कुमार नेपाललाई सँगै हिँड्न र हिँडाउन नसकिने पनि जिकिर गरे । उनले अब माधव नेपाल र एमालेलाई सँगै जिताउन पनि नसकिने जिकिर गरे । उनले भने,‘किनभने एमालेलाई जिताउँदा माधव नेपाल हार्नुहुन्छ, माधव नेपाललाई जिताउँदा एमाले हार्छ । अब उहाँको हकमा अब पर्खिने सम्पूर्ण सिमारेखाहरु समाप्त भए । कसैलाई चित्त दुख्ला, उहाँको पछि पनि लाग्लान्, त्यसमा हामीलाई आपत्ति पनि भएन् ।’

उनले हरेक वर्गीय खलनायकहरुलाई सम्मान गरिने गरेको टिप्पणी गरेका छन । उनले भने,‘हरेक खलनायकहरुलाई यसैगरि सम्मान गरिन्छ, जसरी गोर्बाचोभलाई पश्चिमाहरु र पुँजीवाद वर्गहरुले सोभियत युनियन पतन गराईदिएपछि नोबेल शान्ति पुरस्कार दिएका थिए । ठीक छ, माधव नेपाललाई नोबेल शान्ति पुरस्कार दिउन्, यसमा हाम्रो कुनै आपत्ति छैन् । हामी त खुशी हौंला, एक जना नेपालीले नोबेल शान्ति पुरस्कार पाए भनेर । आन्दोलनलाई अपाङ बनाएपछि, यो आन्दोलनका विरोधीहरुले जयजयकार गर्ने कुरा साधारण कुरा हो ।” रिपोर्टर्स नेपाल


Last Updated on: July 21st, 2021 at 7:25 pm
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया