मंगलबार १२ साउन २०७८

केपी ओलीले भने- माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु
Enews Nepali
@Enewsnepali

केपी ओलीले भने- माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु
FacebookTwitterPrintEmailMore
एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका छन्। बुधबार केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। उनले माधव नेपालले दोस्रो अध्यक्ष मागेको र अध्यक्ष दिन तयार छु भन्दा पनि उनले एकतामा इच्छा नदेखाएको बताए।

ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ।’ १० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो ।

उनले थपे, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु । तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’पार्टीबाट आफूहरुलाई निकाल्न केन्द्रिय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए । ‘ढुक्क हुनुस् कामरेडहरु, त्यसो हुन दिइने छैन,’ उनले भने ।

पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समते उनले बताए । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उनले सुनाए ।

किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन्,’ ओलीले भने, ‘संसदमा आफ्नै पार्टीको सरकारका विरूद्धमा मन हालियो। यो अनैतिक, अराजनीतिक र आ’पराधि’क कार्य हो। तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथै छु। म थाकेको छैन। एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन।’

सर्वोच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै जनताको चाहनालाई कुच्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको बताए । “मसँग अब अरु आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन आन्दोलन बचाउन अनुरोध गर्छु”, अध्यक्ष ओलीले बैठकमा भने ।


Last Updated on: July 22nd, 2021 at 12:58 am
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया