शनिबार ०६ कार्तिक २०७८

पौडी खेल्दा डुबेर ३ युवाको निधन, २ जनाको सकुसल उद्धार
July 22, 2021 10
बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु भएको छ ।

मुस्लिम समुदायको महान पर्व बकराईदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्ने उदेश्यले नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुब्दा तीन युवाको मृत्यु भएको र दुई युवकलाई प्रहरीले उद्धार गरेर बचाएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिभ जसगढ रहेका छन् । उनिहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेर जोगाउन सफल भएको डीएसपी खनालले बताए ।

प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको पनि ईलाका प्रहरी कार्यालयले जनाएको छ ।


Last Updated on: July 22nd, 2021 at 11:30 am
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया