बिहिबार १४ मंसिर २०८०

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
July 22, 2021
FacebookTwitterPrintMore
काठमाण्डाै / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले हिजो साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।


परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसाे २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।


यस वर्ष सय पूर्णाङ्क रहने गरि नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेको हो । गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो ।


Last Updated on: July 22nd, 2021 at 11:34 am
४७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया