बुधबार ०३ कार्तिक २०७८

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जना शाक्यले केही दिनमै इजरायल रोजगारीको लागि आवेदन खुल्ने बताएकी छन्। उक्त आवेदन अनुसार नेपालबाट महिला र पुरुष गरी एक हजार जना युवा सहायक कामदारको रूपमा इजरायल जान पाउने छन्।

राजदूत डा.शाक्यको पहलमा सुरुमा पाँच सय जना नेपाली कामदार इजरायल पठाउने गरी श्रम सम्झौता भएको थियो। गत वर्षको माघ महिनामा सरकारी संयन्त्र (जीटुजी) मार्फत श्रमिकलाई रोजगारीमा पठाउने गरी नेपालका लागि इजरायली राजदूत हनान गोडेर र वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।

recommended by
Mgid
Mgid

RAID: SHADOW LEGENDS
Realistic Game That Exploded The Internet!
LEARN MORE
इजरायलमा पाँच सय नेपाली कामदार पठाउने औपचारिक सहमति भएको केही समयपछि फेरि राजदूत डा.शाक्यको पहलमा थप पाँच सय नेपाली कामदार पठाउने सहमति भयो। जसले गर्दा अब चाँडै खुल्ने आवेदनमा एक हजार जना नेपाली इजरायल जान पाउने भएका छन्, जुन केही दिनमै तय हुनेछ।

राजदूत डा.शाक्यले इजरायल सरकारसँग पाँच सयको कोटामा थप कोटा अनुरोध गरेकाले श्रमिक सङ्ख्या बढाइदिएर हजार पुर्‍याइदिइएको र केही दिनमै नेपाली श्रमिक इजरायल आउने प्रक्रिया सुरु हुने बताइन्।

केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ ।

इजरायलमा केयर गिभरको सङ्ख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेको छन् । इजरायलमा करिब दुई हजार ५०० को सङ्ख्यामा नेपाली रहेका तेलअभिवस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ। दस जोड दुई पास गरेर तीन महिनाको केयरगिभर तालिम लिएकाले अवसर पाउनेछन्। दस जोड दुई पास गरी १५ महिने अनमी पढेकाले पनि इजरायल जान पाउनेछन्। इजरायल जान हिब्रु र अङ्ग्रेजी भाषा जानेको हुनुपर्छ। ४.९ फिट र ४५ केजी भएको व्यक्ति मात्रै इजरायल जान पाउने छन्। शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्ने छन्।


Last Updated on: July 23rd, 2021 at 12:00 am
३२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया