बुधबार १३ साउन २०७८

दार्चुला
अपिहिमाल गाउँपालिका–५ मा भीरबाट ढुंगा खसेर एकजना ओभरसियरको मृत्यु भएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

7 Little-Known Facts About Barron Trump
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

निर्माणाधिन मकरीगाड जलविद्युत आयोजनामा कार्यरत ओभरसियर अपीहिमाल गाउँपालिका–३ का २७ वर्षीय गणेशसिह बोहराको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार मकरीगाड जलविद्युत आयोजनामा खानेपानी लैजान निर्माण भइरहेको पाइप लाइनबाट खसेको ढुंगा लागेर ओभरसियर बोहराको दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

खानेपानीको पाइप लाइन निर्माण भइरहेको ठाउमा निरीक्षण गर्न गएका बेला माथिबाट ढुंगा खसेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 


Last Updated on: July 23rd, 2021 at 12:15 am
७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया