बिहिबार १४ साउन २०७८

इलाम– श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको मृत्यु भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो ।
उनकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह कोरोना पोजेटिभ भएपछि विराटनगरको

PROMOTED CONTENT
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

7 Little-Known Facts About Barron Trump
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

नोबेल अस्पतालमा उपचाररत थिए
स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका पुरुषको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको रिर्पोट पोजेटिभ आएको थियो ।
उपचाररत मगरलाई मङ्सिर १३ भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई सुनाएको थियो । अस्पतालबाट आफ्ना श्रीमानको

खबर सुनेपछि अप्ठेरो महसुस गरेको श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।
उपचाररत पुरुषको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो गत १५ गते पुनः गरिएको स्बाव परीक्षणको रिर्पोट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए । श्रीमतीको हर्टअट्याकका कारण मृत्यु भएको बताइएको छ ।


Last Updated on: July 23rd, 2021 at 12:33 am
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया