शुक्रबार ०८ आश्विन २०७८

अब देखि लामोदुरिका सवारीसाधन चल्ने यस्तो छ निर्णय
July 23, 2021 8
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मंगलबार मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालसम्बन्धी अन्यन्त जरुरी सूचना प्रकाशित गर्दै यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।‘त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आवश्यक सहजीकरण गर्न अनुरोध छ ।,’ गृहका शाखा अधिकृत रामबहादुर केसीले प्रकाशित गरेकाे परिपत्रमा लेखिएको छ ।

साउन ४ मा मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ । यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरले लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे शुक्रबार टुंगो लाग्ने बताएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरका महासचिव योगेन्द्रनाथ कर्माचार्यले लामो दूरीको यातायात सञ्चालनबारे भोलि टुंगो लाग्ने बताउनुभयो । ‘यस विषयमा छलफल गर्न भोलि १ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइएको छ । यसपछि लामो दूरीको यातायात सञ्चालन गर्ने वा नगर्ने भन्ने टुंगो लाग्छ,’ उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो


Last Updated on: July 23rd, 2021 at 11:39 am
१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया